फेसबुकलाई इटालीमा ८५ लाख डलर जरिवाना

२०७७, ५ फाल्गुन बुधबार १४:०८

 काठमाडौं इटालीको एकाधिकार विरोधी नियामकले सामाजिक सञ्जाल फेसबुकलाई ८५ लाख डलर जरिवानाको निर्णयगरेको बुधबार इटालीको नियामकले प्रयोगकर्ताको विवरणमा गैरव्यावसायिक अभ्यास सच्याउन गरेको आग्रह पालना नगरेको भन्दैफेसबुकमाथि जरिवानाको निर्णय गरेको हो यसअघि सन् २०१८ नियामकले फेसबुकले प्रयोगकर्तालाई उनीहरुको विवरण प्रयोग हुनेगरेको विषयमा सही तरिकाले सूचना नदिइने गरेको भन्दै उक्त कदम सच्याउन निर्देशन दिएको थियो

नियामकले फेसबुकलाई सुधार गरिएको जानकारी इटालीका प्रत्येक प्रयोगकर्ताको होमपेजमा आउने बनाउन माग गरेको थियो यसअघि राम्रोसँग सूचना नदिई विवरणहरु संकलन गरिएको विषयमा ५५ लाख डलर जरिवाना गरेको थियो यद्यपि नियामकले गरेकोअनुसन्धानमा भने फेसबुकले नियामकको निर्देशन पालना नगरेको पाइएको थियो

फेसबुकले भने यो निर्णयको पुनरवलोकनको लागि निवेदन दिने बताएको साथै उसले यसअघि नै नियामकले यसअघि दिएकोनिर्देशन पनि पालना गरेको पनि दाबी गरेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु