प्रशोधित घाँसले पशुपालन व्यवसाय फस्टायो, आय आर्जनको माध्यम बन्यो

२०७७, ५ फाल्गुन बुधबार ०४:५४

पाल्पा, ४ फागुन । व्यवसायिक गाई भैसीहरुलाई १२ महिना हरियो घाँस उपलब्ध नहुने भएपछि पाल्पाको रामपुरमा घाँस प्रशोधन गर्न थालिएको छ । गाई भैसीलाई १२ महिना पोषणयुक्त सन्तुलित खाना खुवाउन साइलेस उत्पादन गर्न किसानहरु लागेका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश सरकारको अनुदान सहयोग पाएपछि हरियो घाँस र मकैबाट प्रशोधित घाँस बनाइरहेका छन् । प्रदेश सरकारले व्यवसायिक पशु पालनमा प्रोत्साहन गर्न २५ लाख अनुदान दिएपछि साइलेस बेरियाल मेशिन खरिद गरेका हुन् । साईलेसको उत्पादनले व्यवसायिक पशु पालनमा सहयोग पुगेको छ । घाँस प्रशोधन गरेर प्याकेजिङ्ग गरी सुख्खा मौसममा पशुपक्षीलाई हरियो घाँस खुवाउन सकिने छ । यो घाँसबाट पशुहरुले दुध बढाउने, प्रजनन शक्ती बृद्धि हुने छ । पशुलाई सन्तुलित आहार भएको, दुध बढाउने, समयमै प्रजनन् शक्तीको विकास हुने भएकाले निकै उपयोगी रहेकोे कामधेनु गाई फर्मका अध्यक्ष रामप्रसाद पोखरेललेले बताउनु भयो ।

घाँस खेती विस्तारमा रामपुर नगरपालिकाले मागमा आधारित घाँसका बीऊहरु वितरण गरिरहेको छ । रामपुरमा क्षेत्रमा दैनिक १५ टन साइलेस उत्पादन भएको छ । उत्पादित प्रशोधित घाँस प्रति के.जी १२ रुपैंयाको दरले बिक्री गरिएको छ । यहाँ उत्पादित स्थानीय साइलेस बजार र पोखरासम्म बिक्रीको व्यवस्था मिलाइएको छ । साइलेस उत्पादन हुन थालेपछि व्यवसायि घाँस उत्पादन र पशुपालन दुवै व्यवसाय फस्टाएको छ । रामपुर नगरपालिकाले व्यवसायिक पशुपालन गर्ने ७४ जना युवाहरुलाई बैंकबाट लिएको ऋणमा व्याज अनुदान समेत दिएको छ । दुई सय भन्दा बढी किसानहरुले व्यवसायिक घाँस र पशुपालनमा लागेका छन् । घाँस उत्पादनमा बृद्धि र व्यवसायिक पशुपालन फष्टाएको व्यवसायिक गाई पालेका गाई फार्म संचालक कृष्ण प्रसाद अर्यालले बताउनु भयो ।
साइलेस उद्योगबाट २० जनाले रोजगारी पाएका छन् । रामपुरमा प्रशोधित घाँस उद्योग स्थापना भएपछि बाँझो जमिनमा घाँस खेती बढेको छ । व्यवसायिक पशु पालनबाट रामपुर क्षेत्रमा युवाहरुमा रोजगारी समेत सिर्जना भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु