जसोतसो मन बुझाए पनि आमा हो आशुँ बर्सिन्छन

२०७७, १ फाल्गुन शनिबार ०२:५९
तस्बिर : खिम सुनार

खिम सुनार, मुग्लान
जनयुद्धमा लागेको घाउहरु घरीघरी चर्किन्छ्न!
अशक्त आमा बुवा बेपत्ता छोरालाई पर्खिन्छन!!

नधाएको कहाँ होर अड्डा अदालत अनि कानुन !
दुइचार अनुहार देखाइ त्यहि जाउ भन्दै तर्किन्छन!!

नमागेको होइन न्याय ति दुइचार अनुहारुलाई पनि !
विभिन्न बहानामा उल्तै मै दोषी देखाई झन्किन्छ्न!!

पहिले पहिले त आउथे आश्वासनको पोको बोकेर!
आजभोलि सकिएछ क्यारे आउछ अनि फर्किन्छन!!

कसैले त भनिदेउ मैले न्याय पाउन के के गर्नु पर्ने हो!
म जसोतसो मन बुझाए पनि आमा हो आशुँ बर्सिन्छन!!

सर्जक, गैंडाकोट नगरपालिका, १२ नवलपुरका हुनुहुन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु