पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति यातायात व्यवसायी महासंघको आपत्ति

२०७७, २९ माघ बिहीबार ११:४३

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी महासंघले सरकारले बढाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यको विरोध गरेको हो ।

फाइल फोटो

कोभिड–१९ का कारण प्रभावित यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले थप आघात पु¥याउने भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन समेत आग्रह गरेका छन् । कोभिडको समस्यामा परेका व्यवसायीहरुले कुनै राहत नपाएको, सवारी कर, बैंकिङ्ग ब्याज तथा किस्तमा कुनै सुविधा नपाएको, बीमाको छुट नपाएको र बजारमा सवारी साधनको पार्टस् मेन्टेनेन्सको लागत समेत बढेको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि व्यवसायीहरुको ढाड सेक्ने काम गरेको महासंघको आरोप छ ।

पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको तर सवारी भाडा भने लामो समयदेखि यथावत रहेको भन्दै महासंघले तत्काल मूल्य वृद्धि फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा महासंघको अर्को बैठक बसी मूल्य वृद्धिको विरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत महासंघले दिएको छ । गत बुधबार राती १२ बजेदखि लागुहुने गरि नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २÷२ रुपैयाँका दरले र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु