यहि माघ २८ गते प्रचण्ड-माधव समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्ने

२०७७, २५ माघ आईतवार १४:०४
काठमाडौं ,माघ २५।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले यही माघ २८ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ।

फोटो फाईल

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल “प्रचण्ड”ले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटनका विपक्षमा, प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न लागि विरोध सभाको आयोजना गरिएको भन्दै सहभागिताका लागि आग्रह गरेका हुन्।प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन भिडिओमा प्रचण्ड–नेपालले आग्रह गरेका छन्।

Comments

ताजा खबर