नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

प्रचण्ड–नेपालद्वारा भागरथी भट्टको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग

२४ माघ २०७७, शनिबार ११:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल पक्षले विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको हत्याको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

आज (शनिवार) शोक वक्तव्य जारि गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेका छन् ।

वक्तव्यमा, ‘विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं ।
डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।’
अगाडी भनिएको छ, ‘अन्त्यमा मृतक किशोरी भागरथी भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परA4वारमा समवेदना व्यक्त गर्दछौं ।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु