आलुले स्थानीय बजार पाएपछि किसान खुशी

२०७७, २२ माघ बिहीबार ०९:३०

२२ माघ (रासस) : गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसाखण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा खलङ्गा बाहिरसमेत भयो यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीयउत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकालेआलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको <2Fp>

आलु नगदेबाली भएको कारण उत्पादनअनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् विगतमा आलुबिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने चार हजार ६९४ दशमलव नौ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलालेजनाएको हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको भने तीन हजार ९२६ मेट्रिक टन आलुउत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताउनुभयो

कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जसमा चार हजार ७२१ मेट्रिक टनआलु उत्पादन भएको पन्तले जनाउनुभयो किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नं अन्तर्गतपर्ने ग्वानी क्षेत्रमाचक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेतीगरिएको

पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजनाअघि सारेपछि जिल्लाका नौवटै स्थानीय तहका किसान यतिबेला उत्साहित  भएका छन् ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षेआलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको आलुखेतीबाट पर्याप्तआम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो

आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथैप्राविधिक सहयोग गर्दै आएको भने स्थानीय तहहरुले आलु उत्पादनमा जोड दिएका छन् व्यासका कृषि प्राविधिक विश्वेश्वरप्रसादबडुले भने हामीले हरेक वर्ष आलु पकेट क्षेत्र बनाएर कृषकलाई अनुदान सहयोग गरेको अहिले व्यासमा आलु उत्पादनमा वृद्धि हुँदैगएको बताउनुभयो

वर्षेतर्फ जिल्लाको अपिहिमाल, व्याँस, नौगाड तथा मार्मा गाउँपालिका आलु उत्पादनका लागि राम्रो क्षेत्र मानिएको भने हिउँदेतर्फजिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकामा आलु उत्पादनमा राम्रो मानिन्छ हिउँदे बालीलगाउँदा जङ्गली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु तरकारीखेतीतर्फ आकर्षित भएका हुन् जिल्लाकोशैल्यशिखर नगरपालिका  मिलमिलीका कृषकले अन्य बाली लगाउन छाडेर आलुखेतीतर्फ लागेका छन्

गहुँबाली लगाउने करिब रोपनीमा आलुखेती गरेको मिलमिलीका स्थानीय कमलसिह धामीले जानकारी दिनुभयो अहिले आलुकोबजार पनि पाइन थालेपछि किसान खुशी छन् नौगाड गाउँपालिका का धनसिंह सितोलीले हरेक वर्ष आलुखेती बढाउँदै लगेका छन् सडक सञ्जालले छोएको खार क्षेत्रमा आलु उत्पादन पनि राम्रो हुने बजार पनि पाइन थालेपछि आलु उत्पादन बढेको हो आलुउत्पादन बढाउन गाउँपालिका, प्रदेश सरकार सङ्घीय सरकार कृषि कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग पाइने भएपछिआलुखेती बढाइएको बन्दाबन्दीको समयमा दार्चुलाको स्थानीय आलु प्रतिकिलो रु ५० देखि ७० मा बिक्री भएको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु