आमहड्तालले पाल्पा प्रभावित, अपराह्न ५ बजे पछि खुल्ने

२०७७, २२ माघ बिहीबार ००:३६

पाल्पा, २२ माघ । सरकारको असंवैधानिक कदम विरुद्ध नेकपा प्रचण्ड माधव नेपाल समुहले गरेको देशव्यापी आमहडतालको प्रभाव पाल्पामा पनि परेको छ । आमहडतालको कारण पाल्पाको जनजिवन पुर्णरुपमा प्रभावित भएको छ । पाल्पामा लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन भने उधोग धन्दा कलकारखाना, शैक्षिक संस्था व्यापार व्यबसाय पुर्ण रुपमा बन्द रहेका छन । कोरोना सक्रमणको कारण लामो समय सम्म बन्द पछी संचालनमा रहेका शैक्षिक संस्थामा पनि आमहडतालको प्रभाव परेको छ ।
पाल्पामा भएर संचालन हुने सिद्धार्थ राजमार्ग, तानसेन तम्घास सहायक राजमार्गमा एम्वुलेन्स, दुध, पानी, शव बहान, फोहोर फाल्ने सवारी साधन मात्र संचालनमा आएका छन, सर्वसाधारणका सवारी साधन भने चलेका छैनन । आमहडताल लाई सफल बनाउन तानसेनका चोक चोकमा नेकपा प्रचण्ड माधव नेपाल समुहका कार्यकर्ताहरु उत्रिएका छन । आमहडतालको कारण शान्ती सुरक्षामा खलल नहोस भनी चोक चोकमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तैनाथ भएका छन । आन्दोलनकर्ताका अनुसार आमहडताल अपराह्न ५ बजे पछि खुल्ने छ ।

Comments

ताजा खबर