अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडीत रानालाई आर्थीक सहयोग हस्तान्तरण ।

२०७७, १८ माघ आईतवार १०:४७
 जनवरी ३१ जापान । अर्घाखाँची समाज जापानले मृर्गौला पीडीत अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक सहयोग गरेको हो । शुक्रबार समाजको प्रतिनिधित्व गर्दै अर्घाखाँचीका विकास जिसीले रानालाई हस्तान्तरण गर्नुभएको थियो । बिगत केही समय देखि दुवै मृर्गौलाको समस्याबाट ग्रसित उनको बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भैरहेको पारिवारीक श्रोतले बताएको छ । पारिवारीक अवस्था कमजोर भएको र मृर्गौलाको उपचार महङ्गो हुने भएकोले परिवारले अर्घाखाँची समाज जापानलाई सहयोगका लागी अपिल गरेको थियो । परिवारको अपिललाई ध्यानमा राख्दै समाजका कोषाध्यक्ष टोपबहादुर घर्तीमगरको संयोजनमा समाजले आर्थीक संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानमा बिभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा जापानमा रहनुभएका अर्घाखाँचीबासी नेपालीहरुले सहयोग गर्नुभएको थियो । समाजका अध्यक्ष बाबुराम पौडेलले कोरोनाको विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर सहयोग गर्नुभएकोमा सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको भयो । अध्यक्ष पौडेलले जिल्लामा आईपर्ने समस्यालाई आफनो समस्या सम्झी समाजको स्थापनाकालदेखि नै बिभिन्न खालका सहयोग गर्दै आएको बताउनुभयो । संकलित रकम समाजका संरक्षक नेत्र बिष्टको उपस्थितिमा फोरेक्स जापानको सिनओकुबु शाखाबाट पठाईएको थियो ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु