नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

२०७७, १२ माघ सोमबार ०७:५८

काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले नेपालका लागि इजरायली राजदूत हनान गोदरगोल्डबर्गरबीच नेपालको कृषि वनविकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको   मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न नेपाली किसानलाई इजरायली वन कृषि प्रविधि सिकाउनका लागि  इजरायलसँग सहयोगकालागि आग्रह गर्नुभयो

उहाँले भन्नुभयो, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको , अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्नआग्रह गर्दछु लामो समयदेखि दुई देशबीच कृषि प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग सहकार्य रहँदै आएको जनाउँदै मन्त्रीआलेले आगामी दिनमा वन विकासका क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो

मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउँदै आगामी दिनमा पनि  त्यसमा सहयोगगर्ने विश्वास व्यक्त गर्नुभयो

सो अवसरमा इजरायली राजदूत गोल्डबर्गरले वनसहित अन्य क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल आतुर रहेकोबताउनुभयो   राजदूत गोल्डबर्गरले भन्नुभयो, “हामीले नेपालका कृषि, पर्यटनलगायत थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौँ, अब वन विकासका क्षेत्रमा पनि सहयोग अगाडि बढाउँछौँ सो अवसरमा वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतकोसहभागिता थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु