बन्दको प्रभाब : छिट्फुट गाडी सन्चालन पसल बन्द, ५ बजेपछी बन्द पुर्णरुपमा खुल्ने

२०७७, १० माघ शनिबार ०९:३९

पाल्पा, १० माघ । नेकपा विप्लव समुहले गरेको नेपाल बन्दको प्रभाब पाल्पामा देखिएको छ । सिद्धार्थ राजमार्गमा छिट्फुट रुपमा अत्यावश्यक साधन र मोटरसाइकल सन्चालन भएका छन भने पसल ब्यवसाय पुर्णरुपमा बन्द रहेका छन ।

पार्टीका सचिवालय सदस्य कञ्चनलाई गिरफ्तार गरेको भन्दै विप्लव समुहले बन्दको आह्वान गरेको हो। बन्दका कारण सार्वजनिक गाडी चलेका छैनन् । बिरामी बोक्ने गाडीहरु, दूध र तरकारी बोक्ने गाडीहरु भने सन्चालन भएका छन । स्रोतका अनुसार साझ ५ बजेपछी बन्द पुर्णरुपमा खुल्ने छ ।

Comments

ताजा खबर