सवारी लाइसेन्सको परिक्षा दिन ५ महिना कुर्नुपर्ने

२०७७, १० माघ शनिबार ०८:४७

काठमाण्डौ । लामो समयपछि खुलेको सवारीसाधनको लाइसेन्स लिन चाहनेहरुले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले पर्खाइमा बस्नुपर्ने भएको हो । अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएकाे छ । सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने र अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको बिभागले बताएको छ । आवेदन दिएकाहरु मध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि एक सय पचास जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु