हरेक वडामा १ किमी सडक कालाेपत्रे गर्ने महत्त्वाकांक्षी योजना सहित आठौँ नगरसभा सम्पन्न

२०७७, १० माघ शनिबार ०८:२१

पाल्पा १०, माघ । तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको सभाकक्षमा सम्पन्न सभाले विभिन्न तीन विद्येयक पारित गरेको छ । विनियोजन विद्येयक, आर्थिक विद्येयक, वन विद्येयक सभाले पारित गरेको हो ।

सभामा नगरप्रमुख अशोककुमार शाहीले हरेक वडाका १ किमी सडक कालाेपत्रे गर्ने महत्त्वाकांक्षी निर्णय लिएकाे सभामा बताउनुभयाे । तानसेन वडा नं. १ का अध्यक्ष रामप्रसाद बस्यालले आर्थिक वर्ष २०७७/०७८ को समीक्षात्मक बजेट तथा योजना कार्यान्वयन अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विनियोजन गरेको १ अर्ब १२ करोड बजेटमध्ये पूँजीगततर्फ १९ प्रतिशत र चालु तर्फ २५ प्रतिशत बजेट खर्च भएको जानकारी सभामा प्रस्तुत भयो ।
विनियोजन विद्येयक प्रस्तुत गर्दै नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले नगर कार्यपालिकाको निर्णयले बजेट खर्च हुन नसक्ने अवस्था र अत्यावश्यक अवस्थामा बजेट विनियोजन गर्नुपर्ने भए निर्णय गर्न सक्ने बताउनुभयो । नगर कार्यपालिका सदस्य दिपक विकले रेडियो एफएम संचालन कार्यबिधि निर्णयार्थ प्रस्तुत गर्नुभयो । सभामा नगर सभा सदस्य सुनिता बैंजुल आर्थिक विद्येयक र मैयादेवी घिमिरेले वन विद्येयक प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत सबै विद्येयक सर्वसम्मत रुपमा पारित भएको छ ।

सभाकाे शुन्य समयमा आफ्ना धारणा राख्नुहुँदै नगरसभा सदस्य विष्णुबहादुर कार्कीले हालसम्म गरेका कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नगरपालिका प्रशासन र जनप्रतिनिधिका बीचमा प्रभावकारी समन्वय हुन नसक्दा फोहोर व्यवस्थापन कार्य अगाडि बढ्न नसकेको कार्की को भनाइ थियो । नगरसभा सदस्य नारायण न्यौपानले तानसेन वडा नं. १ को भुसलडाँडा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिलाई करमा छुट दिनुपर्ने माग राख्नुभयो ।
नगरसभा सामाजिक विकास शाखा अधिकृत भरत आचार्यको संचालन र नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु