सिकार खेल्ने क्रममा बन्दुकको छर्राले लागेर एकको मृत्यु

२०७७, ९ माघ शुक्रबार ०७:४७

पाल्पा । सिकार खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार गर्नेक्रममा बन्दुकको छर्राले लाग्दा एक जनाको मृत्यू भएको हो। बिहिबार रातीको समयमा सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ बस्ने बर्ष १३ का लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतीकात्मक तस्बिर गुगल बाट

संगै सिकार खेल्न गएका रैनादेवि छहरा गाउँपालिका ४ भर्माटुङका ज्ञान बहादुर गाहा, सोहि स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका देव बहादुर गाहा र भरुवा बन्दुक नियन्त्रणमा लिएर, थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा केही दिन अगाडी घरमा राखेको बन्दुक पड्कियर एक जनाको मृत्युु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु