नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव टेबुल हुने

२०७७, ९ माघ शुक्रबार ०३:२९

काठमाडौं बागमती प्रदेशसभाको बैठक आज बस्दै सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन्

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्डमाधव समूहका नेता शालिकरामजम्मकट्टेलले जानकारी दिए बागमती प्रदेशसभाका कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पनि आजको बैठकमा अविश्वासप्रस्तावमाथि छलफल हुने बताए

यद्यपि आजको बैठकको कार्यसूची केके हुने भन्ने विषय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्डमाधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गतेअविश्वासको प्रस्ताव दर्ता गराएका थिए

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन पहिलो दिन भएकाले बैठकमादलका नेताहरुले बोलेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए मुख्यमन्त्री पौडेलले अविश्वासप्रस्तावको सामना गर्न तयार रहेको भनेपछि अन्य राजनीतिक दलका नेताहरुले अर्को बैठक राख्न दबाव दिएपछि सभामुख श्रेष्ठलेआजका लागि बैठकको मिति तोकेका हुन्

कांग्रेस अहिलेसम्म न्युट्रल देखिएकाले अविश्वास प्रस्ताव पास हुने÷नहुने टुंगो छैन यदि अविश्वास प्रस्ताव फेल भए एक वर्षसम्मअविश्वास प्रस्ताव पेश गर्न पाइँदैन

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु