पहिलो दिन देखिनै उल्टयाउन थाले ट्रम्पले गरेका निणर्य

२०७७, ९ माघ शुक्रबार ००:३८

काठमाडौं : जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बुधबार सपथ ग्रहण गरेका छन् सपथ लिएर कार्यभार सम्हालेकोकेही घण्टामै राष्ट्रपति बाइडेनले विभिन्न कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् उनले मुख्यगरी, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकोकार्यकालमा बिग्रिएका अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई सुधार गर्ने प्रयास गरेका छन्

 बाइडेनले बुधबार जलवायु परिवर्तन सम्बन्धीपेरिस सम्झौतामा पुनः प्रवेश गर्ने आदेशमा हस्ताक्षर गरेका छन् यस्तै, अमेरिकालाईविश्व स्वास्थ्य संगठनमा पुनः प्रवेश गराउने निर्णय गरेका छन् यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा पेरिस सम्झौता सन् २०२० मा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय गरेका थिए बाइडेनले आदेशमा हस्ताक्षर गरेको महिनाभित्र अमेरिकाआधिकारिक रुपमा पुनः पेरिस सम्झौतामा फर्किनेछ

 यता, मुस्लिम देशहरुमा ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध पनि बाइडेनले फुकुवा गर्ने भएका छन् बाइडेनले उक्त आदेशमा पनि बुधबार नैहस्ताक्षर गरेका छन् हस्ताक्षरपछि अमेरिकाको स्टेट डिपार्टमेन्टलाई मुस्लिम देशको भिषा प्रोसेसिङ गर्न बाटो खुला भएको अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने विश्व मामिलामा अमेरिकालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्ने बाइडेनको प्रतिज्ञाअन्तर्गत नै उक्त आदेशहरुमा हस्ताक्षर भएको हो

बाइडेनले बुधबार मेक्सिकोको सीमामा पर्खाल लगाउने कार्य रोक्नका लागि पनि कार्यकारी आदेश दिएका छन् मेक्सिकोसँगकोसीमामा पर्खाल लगाउने ट्रम्पको मुख्य एजेन्डा थियो आलोचकहरुले ट्रम्पको उक्त एजेन्डा घृणावादी सोचको उपज भएको आरोपलगाउँदै आएका थिए राष्ट्रपतिको कार्यकाल सुरु गरेको पहिलो दिन बाइडेनले पूर्व राष्ट्रपतिले गरेका निर्णयहरु उल्ट्याएका छन् विश्लेषकहरुले बाइडेनको उक्त कदमलाई अमेरिका विश्वबीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको संकेतका रुपमा लिएका छन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु