देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै काङ्ग्रेस

२०७७, ८ माघ बिहीबार ०२:३१

काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनको विरुद्ध कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो । वडास्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन नेपाली काङ्ग्रेसले आग्रह गरेको छ ।

 

Comments

ताजा खबर