२१ जनामा कोरोना संक्रमण

२०७७, ७ माघ बुधबार १७:१५

पाल्पा, ७ माघ । पाल्पामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधवार थप भएकाहरुमा ६ महिला र १५ पुरुष रहेका छन् । यससँगै पाल्पामा कोरोना परीक्षण गर्दा पुष्टि हुनेको संख्या १ हजार ८ सय ९० पुगेको छ । जसमध्ये तानसेनका र अस्पतालका १२ जना माथागढी, रम्भा र रामपुरका १।१ जना, बगनासकालीका ६ जना, रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ कार्यालयका अनुसार पछिल्लो तीन दिनमा उक्त संख्यामा कोरोना देखिएको हो ।

Comments

ताजा खबर