भरुवा बन्दुक पड्किदा एकको मृत्युु

२०७७, ७ माघ बुधबार १४:३०

पाल्पा । भरूवा बन्दुक पड्केर पाल्पामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतीकात्मक तस्बिर गुगल बाट

प्रहरीका अनुसार घटना बिहान ३ बजे भएको थियो । मृतकका दाजु नरबहादुरले बन्दुक पड्किएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए। मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका पचभैयाले बताए। मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मृतकको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु