बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः दुगड

२०७७, ६ माघ मंगलवार ०९:३५

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाईमुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आजपदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आफूलेसिफारिश गर्ने जानकारी दिनुभयो

मुलुकमा लगानी अभिवृद्धि गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा वर्तमान आर्थिक चुनौती सामना गर्ने कामका लागि आफूले सबैसँगसल्लाह एवं सुझाव लिने जानकारी पनि दिनुभयो बजेटको सही विनियोजन, खर्च क्षमता अभिवृद्धि गर्दै फ्रिज हुन नदिनेतर्फ मेरो जोडरहने ”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो

पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगड आइतबार मन्त्रीसरहको सो पदमा नियुक्त हुनुभएको हो नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आबद्ध दुगड यसअघि प्रतिनिधिसभाका सदस्य तथा वर्तमानओली नेतृत्वकै सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु