पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, ग्यास र हवाइ इन्धनको मूल्य यथावत

२०७७, ५ माघ सोमबार १६:२२

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत रहेको छ । सोमबार राति १२ बजे देखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो ।

तस्बिर : गुगल

प्रतिलिटर २ रुपैयाँका दरले सबैमा मूल्य बढाएको निगमले जनाएको छ ।
यो मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ।

मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ ।

 

Comments

ताजा खबर