ताल्चा फुटाली १२ लाख भन्दा धेरैको चोरी

२०७७, २९ पुष बुधबार १५:३९

पाल्पा । पाल्पाको तानसेन बजार क्षेत्र र गाउँका बिभिन्न क्षेत्रमा चोरीका घटना बढेका छन । दैनिक रुपमा चोरीका घटनाहरु बढेपछी चिन्ता थपिएको छ । चोरीमा संलग्नहरुको पहिचान हुन सकेको छैन ।

गएराति तानसेन नगरपालिका १ गोर्खेकोटकी जानुका बस्यालको घरमा च्यानल गेटमा लगाएको ताल्चा फुटाली चोरी भएको हो । बस्याल माईत गएको अवस्थामा उनको अगाडिको च्यानल गेटबाट भित्र पसि टिनको दराज खोली दराज भित्र रहेको नगद २५ हजार र सुनको बिभिन्न गरगहना गरि १३ तोला गरि १२ लाख रुपैयाँ बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चोरी भएको भन्ने जनाकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटिई गई घटनामा संलग्न व्यक्तिहरुको खोजतलास एवम् थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनमा यस क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपनि प्रहरीले चोरीमा संलग्नहरुको पहिचान गर्न सकेको छैन । जसका कारणले स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

 

Comments

ताजा खबर