कालीमाटी र बल्खु तरकारी बजारमा तरूल किन्नेको भीड

२०७७, २९ पुष बुधबार १३:४४

बुधबार कालीमाटी र बल्खुको तरकारी बजारमा तरुल किन्नेको घुइँचो लागेको छ।

फाइल फोटो

माघे संक्रान्ति विशेषगरी तरूल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरूल बेच्न थालेका थिए।

बुधबार कालीमाटी र बल्खु तरकारी बजारमा तरूल किन्नेको घुइँचो लागेको थियो। बजारमा थरिथरिका तरूल पाइन्छ। घर तरूल प्रतिकेजी १२० देखि २५० रुपैयाँसम्म, पतले तरूल प्रतिकेजी १५० देखि २५० रुपैयाँसम्म, स्कुसको जरा प्रतिकेजी २ सय रुपैयाँ, हात्तीपाइले तरूल प्रतिकेजी १५० रूपैयाँ, वन तरूल प्रतिकेजी ४ सय रुपैयाँमा बेचिएको छ। 

सखरखण्ड भने प्रतिकेजी एक सय रुपैयाँमा बेचिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु