नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षमा घिमिरे

२०७७, २७ पुष सोमबार ०७:२४

काठमाडौँ,चन्द्रागिरि नगरपालिका वडा नं दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा युवासमाजसेवी रामनारायण घिमिरे निर्वाचित हुनुभएको

सहकारीको १२आँै साधारणसभाले उहाँलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो सो नगरपालिकाको सबैभन्दा धेरैवचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित हुनुभएको

फोटो फाईल

यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित ९थापा०, लेखा संयोजकमा विमलविक्रम बानियाँ सदस्यद्वमावसन्त महर्जन माधव रेग्मी चयन हुनुभएको आर्थिक वर्ष २०६५÷०६६ देखि कारोवार शुरुआत गरेको सो सहकारीमा करीब दुईहजार ९०० शेयर सदस्य आबद्ध छन्

सहकारीले आफ्ना शेयर धनीको आर्थिक क्षमता उकास्न नवीनतम कार्य गरिरहेको जनाएको भने आफ्नो सामाजिक दायित्वलाईप्राथमिकताका साथ निरन्तरता दिइरहेको बताइएको कर्जा तथा सापट योजनाअन्तर्गत सहकारीले देवदर्शन पुलेसो, आवधिक, छोटोअवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघु, आवधिकरसिद धितो कर्जा तथा सापट योजनालगायत सञ्चालन गरिरहेको साथै निक्षेप आवधिक निक्षेपमा सहकारीले वार्षिक व्याजदरनिर्धारणसमेत गरेको    

रु ८० करोड ५७ लाख ७९ हजार ७४३ कूल सम्पत्ति रहेको सो सहकारीले कोरोना चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोनाकोषमा रु एक लाख एक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो उहाँका अनुसार लकडाउनको अवधिमासहकारीले चन्द्रागिरि नगर क्षेत्रका विपन्न व्यक्तिलाई राहत तथा खाद्यान्न  वितरण गरेको थियो उहाँले आगामी दिनमा आर्थिकपारदर्शिताका साथ सहकारीलाई नयाँ उचाइमा पु¥याउने दृढता व्यक्त गर्नुभयो

उहाँले भन्नुभयो, “कारोनाबाट आक्रान्त आर्थिक गतिविधिलाई चलायमान बनाइ शेयर सदस्यका हित तथा समाजिक काम मेरोप्राथमिकतामा रहन्छ सहकारीले काठमाडौँ उपत्यकामा रगतको अभाव हुन नदिन समयसमयमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्यशिविर, नगरस्तरीय ब्याडमिन्टन, फुटबललगायत विभिन्न खेलकूद प्रतियोगिता, नगरपालिकासँगको सहकार्यमा  स्वास्थ्य तथा शिक्षासँगसम्बन्धित जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको

यसैगरी आफ्ना सदस्यलाईसदस्य हित कोषमार्फत सुत्केरी भत्ता, दुर्घटना बीमाको सहयोग गरिरहेको संस्थाका उपाध्यक्ष घलेलेजानकारी दिनुभयो चन्द्रागिरि नगरपालिकाको सहकारी विभागका प्रमुख रजश खड्काले सहकारीको साधारणसभाको शुभारम्भ गर्दैसहकारीको भावनाअनुसार देवदर्शन सहकारीले अगामी दिनमा अझै काम गर्न सुझाव दिँदै सहकारीले नै विपन्न समुदायको आर्थिकउन्नयमा सहयोग पु¥याउने बताउनुभयो

उहाँले नगरपालिकाले सहकारीको विकास प्रवद्र्धन गर्न प्राथमिकता दिइरहेको जानकारी दिनुभयो सहकारीका ज्येष्ठ सदस्यबच्चुराम घिमिरेले ज्येष्ठ सदस्यका लागि मासिक ब्याज भुक्तानी हुनेगरी  पेन्सन बचत योजना सञ्चालनमा ल्याई नमूना कामगरिरहेकामा खुशी व्यक्त गर्नुभयो    

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कुन०का कोषाध्यक्ष एवं काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारीसङ्घ९कास्कुन०का अध्यक्ष दीपक पनेरूले सहकारी सिद्धान्त भावनाअनुसार सहकारी संस्थाले काम गर्नुपर्छ भन्नुभयो

सो कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरे, उपाध्यक्ष घले प्रबन्ध निर्देशक प्रविण सिलवालले संस्थाको गतिविधिबारेमा अवगतगराउनुभएको थियो सोही साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदनसमेत पारित गरेको थियो

अधिवक्ता एवं संस्थाका कानूनी सल्लाहकार सीताराम राउतको संयोजकमा श्रीकृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापकबलराम कार्की सञ्चारकर्मी रोशन दानी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु