आज बिहीवार राती १२ बजे पछी जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा आपतकालको घोषणा ।

२०७७, २३ पुष बिहीबार १०:२३

जापान । जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा प्रधानमन्त्री सुगाले आपतकालको घोषणा गरेका छन् ।

फाइल फोटो

प्रधानमन्त्री सुगाले आज बिहीवार राती १२ बजे पछी फबुरुवोरी महिनाको ७ तारिख सम्मका लागि राजधानी टोकियो सहित साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा आपतकालको घोषणा गरेका छन् । टोकियो महानगर सहित अरु प्रिफेक्चरमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलन थालेपछि अहिले भने टोकियो महानगर सहित ३ वटा प्रिफेक्चरका प्रमुखहरुले आपतकालका लागि अनुरोध केन्द्र सरकार लाई गरेका थिए ।अहिले आपतकाल सुरु भए पछी रेस्टुरेन्ट हरु राती ८ बजे सम्म मात्रा खोल्न पाईने जनाईएकोछ ।आपतकाल मा भने नियम अनुसार सन्चालन गरिएका रेस्टुरेन्ट हरुलाई मासिक १८० मान सम्म आर्थिक सहायता गरे जनाईएकोछ । बिद्यालय र पार्कहरु बन्द नहुने , ८ बजे पछि घरबाट अनाबश्यक बाहिर ननिस्कन आग्रह गरिएकोछ ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु