दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षले हटायो

२०७७, २३ पुष बिहीबार ०६:१६

कञ्चनपुर, २३ पुष । कञ्चनपुर स्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी पोष्ट बनाएपछि नेपाली पक्षले तत्काल हटाउन लगाएका छन् ।

फाइल फोटो

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० संगै जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले बुधबार अस्थायी पोष्ट बनाएको थियो ।नेपाली पक्षले थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुर र स्थानीय नेपाली नागरिकहरुको संयुक्त टोलीले भारतीय एसएसबीलाई तुरुन्त त्यसठाउँबाट अस्थायी पोष्ट हटाउन लगाएको सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाले बताउनु भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु