नेकपा दाहाल-नेपाल समूहले आज नागरिक समूहसँग अन्तरक्रिया गर्दै

२०७७, २३ पुष बिहीबार ०६:०१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूह आज नागरिक समूहका अगुवाहरुसँग छलफल गर्दैछ । आन्दोलनमा उत्रिएको उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बृहत अन्तरक्रियालाई निरन्तरता दिएको हो । हिजो विभिन्न राजनीतिक दलसँग राजधानीको इन्द्रेणी फुडल्यान्डमा अन्तरक्रिया गरेको थियो ।

सांकेतिक तस्बिर फाइल फोटो

दाहाल-नेपाल समूहले आज अपराह्न २ बजेपछि नागरिक समुहसँग अन्तरक्रिया आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनपछि पनि मुलुकमा गम्भीर राजनीतिक षड्यन्त्र भैरहेको भन्दै नागरिक समाजको राय लिन लागिएको सो दलका नेताले बताएका छन् ।प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन भएपछि दाहाल नेपाल समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ ।

Comments

ताजा खबर