१५ संक्रमित थपिए

२०७७, २२ पुष बुधबार ११:५७

पाल्पा । मंगलबार र बुधबार गरी पाल्पामा थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका तथा अस्पतालका ११ जना, माथागढी गाउँपालिकाका २ जना र बगनासकाली गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसमा ९ जना पुरुष र ६ जना महिला रहेका छन ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ४४ पुगेको छ । जस मध्ये १ हजार ७ सय २५ जना निको भएका छन् । पाल्पामा कारोना संक्रमणकै कारण ३२ जनाको मृत्यु भएको छ ।

Comments

ताजा खबर