उपत्यकामा वायु प्रदूषणको स्तर बढ्यो ,बाहिर ननिस्किन वातावरण विभागको अपिल

२०७७, २१ पुष मंगलवार १२:५२

काठमाडौंदुई दिनदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ। वन तथावातावरण मन्त्रालयको वातावरण विभागले मंगलबार विज्ञप्ति जारी गर्दै बिहान बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको जनाएकोछ। 

    फोटो फाईल

वायु प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी मुटुको समस्या भएकाहरु बढीप्रभावित हुने भएकाले सकेसम्म घर बाहिर ननिस्किन सबै नागरिकले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन विभागले अपिलगरेको छ। 

काठमाडौं उपत्यकावाहेक तराई क्षेत्रका सहरहरु जस्तै नेपालगन्ज तथा विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। यस्तै, फोहोर तथा आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न विभागले अनुरोध गरेको छ। 

यस्तै, मौसम यस्तै भइरहेमा प्रदूषणको अवस्था अझै खराब हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोधगरेको छ। 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु