जापानमा रहेको नेकपा पनि विभाजन, ओली पक्षिय अध्यक्षमा केसी र सचिवमा डा कँडेल ।नामाबली सहित

२०७७, २१ पुष मंगलवार १२:३६
जापान । नेपालमा नेकपा विभाजन पछि प्रवासमा रहका उस्का भातृ संस्थाहरुमा पनि विभाजन देखिन थालेको छ। त्यसै शिलसिलामा जापानमा रहेको प्रवाशी नेपाली एकता मञ्च, जापान पनि विभाजित भएको हो ।
यस अघि यस संस्थाको अध्यक्षमा अध्यक्ष हवल चन्द्र लामा नेकपा प्रचण्ड-नेपाल समुहमा खुलेर लागेपनि सचिब सालिकराम भण्डारी मौन रहेका छन । जनवरी ३ तारिक (आइतबार) प्रवाशी नेपाली एकता मंच जापानलाई पुनर्गठन गरिएको भनिएको छ। पुनर्गठित कमिटिको अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कंडेल सहित ३५ सदस्य कमिटि निर्माण गरिएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ। ओली पक्षबाट जारी गरिएको विज्ञप्तिमा २०७७ पुस ५ गतेका दिन नेपाल सरकारले चालेको लोकतान्त्रिक अभ्यास मार्फत ताजा जनादेशमा जाने कदमको प्रवाशी नेपाली एकता मंच जापान हार्दिक स्वागत गर्दछ भनिएको छ।
आफुहरुको संस्था मुलधारको भएकोले विश्व भरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरु तथा शुभचिन्तक, समर्थकहरुलाई मुल प्रवाहमा गोलबन्द भई सुखी नेपाली समृद्द नेपालको अभियानमा जुट्नको लागी अध्यक्ष सुरेश के सीले अनुरोध गरेका छन्। त्यसै मञ्चका सचिव डा सरोज कँडेलले लोभीपापीका कारण नेकपाका केही मात्र चोइटिएर गएको बताउँदै निर्वाचनमा परिणाम देख्न सकिने बताए।
               नामाबली
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु