भैरवनाथ मन्दिरको जिर्णोद्वार, गजुर निकाल्न क्षमापुजा

२०७७, २१ पुष मंगलवार ०२:०७

पाल्पा । पुरातात्त्विक महत्त्व बोकेको धार्मिक आस्थाको केन्द्र भैरवनाथ मन्दिरको जिर्णोद्वार गरिदै छ । मन्दिरसगै रहेको सेनबंसिय दरबारको पुननिर्माण तथा जिर्णोद्वार भौसकेको छ । मङ्गलबार बिहान ८ बजेदेखि मुल मन्दिरको जिर्णोद्वारको काम सुरु गरिने ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।

वैदिक तथा तान्त्रिक बिधिबाट पञ्चबली सहित क्षमापुजा तथा क्षमा प्रार्थना गरि मन्दिरको गजुरलाइ निकाल्ने र मन्दिरको भाग भत्काइ निर्माण कार्य सुरु गरिदै छ । क्षमापुजामा जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षाका सबै निकायहरु, मालपोत तथा गुठीसस्थानका प्रतिनिधिहरु, स्थानिय सरकार, धार्मीक व्यक्तित्व, संचारकर्मी तथा श्रद्दालु भक्तजनहरुको उपस्थिति रहने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
मन्दिरको जिर्णोद्वारको काम सुचारु भइरहदापनि भक्तजनहरुको आश्था र विश्वासलाइ मध्यनजर राखी नियमित पुजापाठ, दर्शन र बली चढाउने कार्य नरोकिने मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरको इतिहास ५ सय बर्ष पुरानो रहेको छ । मन्दिरको धार्मिक ऐतिहासिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण रहेको छ । मन्दिर दर्शनका लागी दैनिक रुपमा हजारौं भक्तजन आउने गर्छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु