आन्दोलन घोषणाको नालीबेली : देउवाको बाध्यता, पौडेलमा उत्साह

२०७७, २० पुष सोमबार ०६:२२

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ मा सय ५३ नगरगाउँपालिका माघ मा हजार सय ४३ वडास्तरमा विरोध प्रदर्शनको निर्णय लिएको हो

फोटो फाईल

पुसबाट जारी काँग्रेस केन्द्रीय समिति बैठकले १० पुसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र विशेष विरोधसभाको घोषणा गरेको थियो सोही अनुसार १३ पुसमा काँग्रेसले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा गरेको थियो

विरोध प्रदर्शन मेलमिला दिवसका लागि दिनको स्थगितपछि आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र, पालिका वडा तहमाविरोधसभा गर्ने नीति लिएको जिल्लाले स्थानीय अवस्था आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् यस्तैपार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रमगर्न बैठकले निर्देशन दिएको

यसकारण काँग्रेस आन्दोलनमा जान भयो तयार

काँग्रेसले आन्दोलनको घोषण गरेसँगै पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति जनाउने सबै राजनीतिकदलहरु अब दोस्रो आन्दोलनमा प्रवेश गरेका छन् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूह, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको अवस्था

नेकपाकै प्रचण्डनेपाल समूह संघर्षबाटै प्रतिनिधिसभा पुनःस्थापना गर्ने एजेन्डा बोकेर सडकमा निस्केको उसले पुस २० देखि माघ२३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायतकाकार्यक्रमको घोषणा गरेको  

यस्तै जसपाले पुस २५ गतेदेखि माघ सम्म दोस्रो चरणको कार्यक्रम घोषणा गरेको जसपाको सडक संघर्ष प्रतिनिधिसभापुनःस्थापनामै केन्द्रित अदालतले प्रधानमन्त्री ओलीको कदमलाई सदर गरे निर्वाचनकै मैदानमा उत्रने तयारी जसपाको  यताप्रतिनिधिसभा विघटनविरुद्ध २३ दल तथा संगठनले पनि सडक संघर्षको मौदान समातेको देखिन्छ नेकपा केपी ओली समूह बाहेककादल संसद विघटनविरुद्ध मैदानमा उत्रिएपछि सडकको हकदार (प्रमुख प्रतिपक्षी) काँग्रेसमाथि सडक संघर्षका जानुपर्ने नैतिक आन्तरिकदबाब थियो संसद पुनस्र्थापना वा निर्वाचनमा जानु परेपनि प्रतिक्षीको मैदान (सडक) साथमै राखेर जानुपर्नेमा काँग्रेस नेताहरुलेनेतृत्वलाई सुझावमुलक दबाब दिइरहेका थिए

यता सभापति शरेबहादुर देउवा भने १३ गतेको प्रदर्शनपछि थप आन्दोलनबारे सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने पक्षमा देखिन्थे देउवापक्षीय अधिकांश नेता पनि अदालतको फैसलापछि काँग्रेसले नीति निर्धारण गर्नुपर्ने पक्षमा उभिएका थिए त्यसको विपरीत वरिष्ठ नेतारामचन्द्र पौडेलको थप आन्दोलनका लागि देउवालाई दबाब दिने रणनीति थियो त्यसका लागि पौडेलले शनिबार अन्तर पार्टीसमायोजन समितिमासँग आफ्नो निवास बोहोराटारमा छलफल गरेका थिए

उपसभापति विमलेन्द्र निधि, महेश आचार्य, दिपक गिरीलगयातसँग समायोजनसँग आन्दोलनका विषयमा पौडेल छलफल गरेका थिए पौडेलको प्रस्तावमा निधिले पनि सहमति जनाएर बोहोराटारबाट फर्किएका थिए यता कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबारदिउँसो नेता कृष्णप्रसाद सिटौला देउवा निवास बुढानीलकण्ड हानिए

संसद विघटनपछि पार्टीका देखिएको भनिएको अलमलका विषयमा देउवा सिटौलाबीच करिब एक घण्टा छलफल भएको थियो भेटमा अदालतले संसद विघटनको निर्णय सदर गरिदिए पनि बैशाखमा निर्वाचन हुने दलिलसहित काँग्रेसले आन्दोलनको मैदान छोड्ननहुने कुरा सुझाएका थिए  

चुनाव हुँदैन संसद पुस्र्थापना पनि हुँदैन त्यसमा तपाईँ (देउवा) नफस्नुहोस् चुनाव भएन भने त्यसपछि तपाईंले आन्दोलन गरे पनित्यो उठ्दैन अहिलेदेखि नै आन्दोलनको वातावरण बनाउनु भयो भने चुनाव भएन भनेपनि आधिबेरी ल्याउन सक्नुहुन्छ,’ देउवासामूसिटौलाको भनाइ थियो ओलीसँग साँठगाँठको रहेको सन्देश जानु राम्रो नहुने भन्दै नेता बन्ने अवसरको सदुपयोग गर्न देउवालाईसिटौलाको सुझाव थियो

सुरुमा अब आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका देउवा त्यसपछि केही कन्भेन्स भएका थिए , पौडेलको जोडबल सिटौलाकोसुझावपछि आन्दोलन घोषणा देउवाका लागि बाध्यता बनेको थियो सिटौलासँग देउवालेमैले आन्दोलन गर्नु हुँदैन कहाँ भनेको छु गरौँ गरौँ भोलिको बैठकअघि बसेर सल्लाह गरौँ गरौँभनेका थिए

पौडेल सिटौलाले सहर केन्द्रित आमसभा गर्नुपर्नेमा जोड थियो त्यसमा पनि पौडेलको जोड दिनै पिच्छे आन्दोलन जारी राख्नपर्ने थियो तर देउवा पक्षीय नेताहरु उसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखकलगायतले प्रदेश निर्वाच क्षेत्र, पालिका वडास्तिरमा विरोधसभा लिएर जानुपर्ने विकल्प अगाडि सारेका थिए भोलि निर्वाचनमै जानुपरे पनि आन्दोलनलाई निर्वाचनकोअभियानसँग जोड्न यो मोडालिटीको उपयुक्त हुने उनीहरुको तर्क थियो

त्यही अनुसार बैठक दिउँसो एक बजेका लागि निर्धारित भए पनि आन्दोलनका मोडालिटी मितिका विषयमा सहमति जुटाउन काँग्रेसशीर्ष तहका नेतालाई तीन घण्टा लाग्यो सभापति देउवाका कार्यकक्षमा सहमति जुटाएर नेताहरु ३० मा आन्दोलनको खाकासहितबैठक हलमा छिरेका थिए अनि बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा आन्दोलनको प्रस्ताव प्रस्तुत भयो त्यसपछि सभापतिदेउवा, वरिष्ठ नेता पौडेल, नेता सिटौला केन्द्रीय सदस्य जीवन शाहीले आफ्नो धारण राखका थिए  

पूर्वराजा ज्ञानेन्द्रले संसद विघटन गर्दा तत्कालीन सभापति  गिरीजाप्रसाद कोइरालाले एकसूत्रीय माग राखेर संसद पुनर्स्थापना गराउनबाध्य पारेको स्मरण गराएका थिए तत्कालीन समयमा गिरीजाप्रसाद कोइरालाले देखाएको शाहस पहलकदमी सभापति देउवालेदेखाउनुपर्ने उनको भनाइ थियो

पौडेलले आन्दोलनको कार्यक्रम आउनु सकारात्मक भएको भन्दै थप कडा आन्दोलनमा जान पनि ढिलो गर्नु नहुनेमा जोड दिएका थिए पौडेलले बैठकमा भने,‘आन्दोलन गर्नुपर्छ भन्ने मेरो सुरु देखिकै जोड हो आन्दोलन आयो अब यो भन्दा कडा आन्दोलन हुनपर्छ राजधानी सहर केन्द्रित आन्दोलन घोषणा गर्नुपर्छ संसद पुनस्र्थापना नै हुनुपर्छ भनेर जानुपर्छ मोही माग्ने ढुंग्रो लुकाउने ?’

एक्लै आन्दोलनमा जाने निर्णयमाथि विमित राख्दै काँग्रेसको नेतृत्वमा कोही जोडिन खोज्छ भने रोक्न नहुने पौडेलको भनाइ थियो हाम्रोनेतृत्वमा कोही पछाडि आउन तयार भने त्यसलाई नआइजा भन्ने ? त्यसलाई पनि लिएर जानुपर्छ राष्ट्रपति प्रधानमन्त्रीले संविधानभन्दा माथि छु भनेर भन्ने घमण्ड गर्ने ? यो घमण्डको तेजबोध गर्नुपर्छ,’ उनले भने  

पौडेलको जवाफमा देउवाले आफू पनि आन्दोलन कै पक्षमा रहेका बताएका थिए बैठकमा देउवाले भने, ‘संसद विघटन गर्ने कुरालाईअसंवैधानिक भनेकै अलोकतान्त्रिक भने कै आन्दोलन पनि गर्ने हो अहिले पनि आन्दोलनको घोषणा भएको पहिले पनिआन्दोलनको गरिसकिएको अब व्यापक रुपमा आन्दोलन गर्ने भनेकै छु पनि आन्दोलनकै पक्षम छु कसले भन्यो आन्दोलनगर्दैन भनेर ?,’ 

पौडेलबाट आफूलाई आन्दोलनको विपक्षीमा रहेको भनेर देखाउने काम भएको देउवाको गुनासो थियो आन्दोलन तय भएसँग काँग्रेसबैठक फेरि २७ पुससम्मका लागि स्थगित भएको

आन्दोलन घोषणापछि पौडेलमा उत्साह, एनपी साउँदलाई जे पायो त्यही नबोल्न आग्रह

बैठक हलबाट बाहिरिएपछि पौडेल उत्साहित देखिन्थे आफूले सुरु देखिनै उठाउँदै आएको मुद्दामा पार्टी उभिएपछि पौडेलको मुहारमाखुसी झल्किएको प्रस्ट देखिन्थ्यो पार्टी कार्यालयबाट निस्किँदै गर्दा आन्दोलन घोषणाका सन्दर्भमा पौडेलले भने, ‘प्रदीप (केन्द्रीयसदस्य प्रदीप पौडेल) ठीक भएन आज केही अगाडि बढ्दै फेरि थपे, ‘प्रधानन्याधीशमाथि महाअभियोग लगाउन हुने ? अदालतमाविचाराधीन मुद्दामा बोल्न नहुने ? बोल्न हुँदैन भन्ने ? नबोलेर हुन्छ ? ठीक भएन आज

काँग्रेस सम्मेलित प्रचण्ड नेतृत्वका सरकारका पालामा तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीमाथि प्रहरीको आइजीपी नियुक्तमाबाधा भएपछि सभापति देउवाको इसारामा संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको थियो उनी यतिमै रोकिएनन्  देउवाकाविश्वास पात्र तथा संसद पुनस्र्थापनाको विपक्षीमा उभिएका केन्द्रीय सदस्य एनपी साउँदलाई पौडलले भने,‘यसमा अब लटरपटर नबोल्नु युवा नेताको इज्जत नै फाल्ने ? नयाँ पुस्ता भन्यो नयाँ पुस्ता जे पायो बोल्छ क्या ’ 

साउदले पार्टी आन्दोलनमा नगइ चुनावको तयारीमा जुट्नुपर्नेमा जोड दिँदै आएका थिए बहुमत केन्द्रीय सदस्य आम कार्यकर्तापंक्तिनै चुनावमा जानुपर्ने पक्षमा उभिएका साउदको दाबी थियो मध्यावधि निर्वाचन घोषणा भइसकेपछि बैध अबैधानिक बहस हुँदै गर्छ अदालतले यसको निरुपण गर्ला अदालतले जे गर्छ, त्यसलाई मान्नैपर्छ सरकारले संसद्को निर्वाचनको घोषणा गरिसकेपछिप्रतिपक्षी पार्टीको हैसियतले काँग्रेस निर्वाचनबाट पछाडि भाग्नु हुँदैन,’ साउदले बैठकको पहिलो दिनमै भनेका थिए त्यसैले पनि पौडेललेसाउदतिर औला तेर्साँदै अब जे पायो त्यही नबोल्न भनेको देखिन्छ

काँग्रेस बैठकमा चिनियाँ टोलीको चर्चा

काँग्रेस बैठकमा केही दिनअघि आकस्मिक नेपाल भ्रमणका आएको चिनियाँ टोलीको समेत चर्चा भएको यस्तै सिटौलाले नेपालभ्रमणमा आएको चिनियाँ टोलीसँग संवादबारे बैठकमा जानकारी गराउन देउवालाई भनेका थिए  

चिनियाँ टोलीसँग तपाईहरुको के कुराकानी भयो ? तपाई बाबुरामजीलाई चिनियाँ टोलीले भेटेको उनीहरुको सरोकार नेकपासँगभेटघाट मात्र हो नेकपा विषयमा आएको होइन भनेर सन्देश दिन तपाईँ बाबुरामजीलाई भेटेको हो भेटमा के कुरा भयो बैठकलाईजानकारी गराउनु पर्यो,’ सिटौलाले भनेका थिए

देउवाले सामान्य भेटघाट मात्र भएको खासै केही कुरा भएको जवाफ दिएका थिए यस्तै केन्द्रीय सदस्य शाहीले बैठकमा चीनले सीमामिचेको विषयमा कुरा उठाएका थिए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु