बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढ्यो

२०७७, २० पुष सोमबार ०६:०१

काठमाण्डौ–  राति बादल लागेपछि काठमाण्डौको न्यूनतम तापक्रम ह्वात्तै बढेको  हिजो बिहान दशमलव डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बढेर दशमलव डिग्री सेल्सियस मापनगरिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो  

यसअघि गएको कात्तिक २३ गते काठमाण्डौको न्यूनतम तापक्रम डिग्री सेल्सियस मापन गरिएको थियो त्यसयता लगातार घट्दैन्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो  

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् श्रेष्ठलेबताउनुभयो  रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदैआएका छन् तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने चिसो झनै बढ्ने मौसमविद्लेबताएका छन्

अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो उहाँकाअनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु