प्रदेश सभामा धनाढ्य सांसदले समेत छाड्दैनन् उपचार खर्च, सुगर–प्रेसर जाँचेको पनि बिल पेश !

२०७७, १९ पुष आईतवार ०८:२८

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसद अष्टभुजा पाठक रूपन्देहीका स्थायी बासिन्दा हुन् आर्थिक हैसियत बलियो भएका अनितराईका जमिन्दार मानिने पाठकले आर्थिक वर्ष २०७६/०७७ मा उपचार खर्चबापत प्रदेश सभा सचिवालयबाट १९ हजार ३४३ रूपैयाँबुझेका छन्  

नेकपा कपिलवस्तुका सांसद विष्णु पन्थीको बुटवल कपिलवस्तुको वाणगंगामा गरी दुईवटा घर छन्

उनको आफ्नै महंगो गाडी पनि आर्थिक रूपमा सम्पन्न पन्थीले प्रदेश सभाबाट उपचार खर्चका नाममा २९ हजार ४४५ रूपैयाँ बुझेकाछन्  

अर्थ, उद्योग, तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेका पनि बुटवलमा घर छन् छोराहरू युरोपमा रहेका तथा बलियो आर्थिकअवस्था रहेका उनले पनि राज्यकोषबाट १२ हजार १६२ रूपैयाँ उपचार खर्च बुझेका छन्

तत्कालीन बुटवल नगरपालिकाका मेयर समेत रहेका नेकपा बुटवलका सांसद भोजप्रसाद श्रेष्ठले पनि उपचार खर्चका लागि भन्दै ३५हजार १६९ रूपैयाँ लिएका छन् श्रेष्ठको पनि बुटवलमा घर (लोकान्तरबाट साभार) 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु