“कित्ता क्लियर छ, म तीन नम्बर”- वामदेव गौतम भन्छन्

२०७७, १८ पुष शनिबार ०५:५४

काठमाडौं नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताएका छन् पार्टी विभाजन भइनसकेको आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको उनले बताएका हुन्

राष्ट्रिय सभा बैठकपछि उपाध्यक्ष गौतमले शुक्रबार विभाजित पहिलो दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा तीन नम्बर कित्तामारहेको प्रष्ट पारे

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावनाजिवित रहने उनको भनाई उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए

उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए उनले एकताको पक्षमा सबै रहेको भन्दैदेशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेकोसमेत बताए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु