अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने,के-के चाहिन्छ कागजात ? यस्तो छ प्रक्रिया

२०७७, १८ पुष शनिबार ०५:४९

काठमाडौँ आजदेखि संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएको श्रम स्वीकृति लिएका पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा कल्याणकारी कोषको रकमभुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने भएका हुन्

एकपटक विभागको अनलाइन प्रणालीबाट Biometrics (Iris आँखाको स्क्यान बा Fingerprint औंठाछाप स्क्यान) गरेर श्रम स्वीकृतिलिइसकेकाहरुले अनलाइनबाट पुनः श्रम स्वीकृति सेवा लिन सक्ने बैदेशिक रोजगार विभागले जनाएको

अनलाइन मार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न बैदेशिक रोजगार विभागको वेबसाइट dofe.gov.np को *अनलाइन श्रमस्वीकृति (FEIMS)’ मार्फत फारम भर्नुपर्ने फारम भरिसकेपछि शाखा छान्ने बेलामा Online Branch छान्नुपर्नेछ

श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन Reject भएमा त्यसको कारण सहितको SMS आवेदकको मोबाइल नं आवेदन गर्दाकोUser Account मा सूचना जाने भएकाले आफ्नो मोवाइल नं इमेल ठेगाना सही भर्नुपर्ने त्यस्तै श्रम स्वीकृतिको लागि आवेदनगर्दाको Username Password सुरक्षित राख्नुपर्नेछ

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको FEIMS को User Account इमेल ठेगाना दुबैमा श्रम स्वीकृतिको निस्सा प्राप्तहुनेभएकाले आवेदक आफैले आवश्यकता अनुसार प्रिण्ट गर्न सकिनेछन त्यस्तै म्यादी जीवन बीमा कल्याणकारी कोषको रकमअनलाइन भूक्तानी प्रदायक मार्फत समेत भुक्तानी गर्न सकिनेछ यसरी अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन यसरी अनलाइनबाट पुनः श्रम स्वीकृति गर्दा कार्यालय उपस्थित भइरहनुपर्ने समस्याबाट सहज हुनेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु