बिपन्नको सहारा बन्यो बंशगोपाल क्लब – जाडोमा न्यानो बाढौअभियान

२०७७, १८ पुष शनिबार ०४:१९

पाल्पा । युवाहरुको एउटा समूह न्यानो कपडाबोकेर बगनासकालीको पोखराथोक पुग्यो । स्थानीय हर्सित भए । उनिहरुले पुष महिनाको चिसो सिरेटोलाई छेक्नलाई राहत हुनेगरी सामाग्री बोकेका थिए । यो अवसर सामाजिक कार्यमा सकृय रहेको सस्था वंश गोपाल युवा क्लबको संयोजनमा स्टुडेन्स चेरिटेबल सोसाइटी (एससिएस) लुम्बिनी मेडिकल कलेजले जुटाएको थियो ।
बग्नासकाली वडा न २ पोखराथोकका पिपन्न परिवारका १५० जना सदस्यलाई न्यानो कपडा वितरण गरिएको वंश गोपाल युवा क्लबका अध्यक्ष प्रदिप खनाले बताउनु भयो । न्यानो अभियानमा लुम्बिनी मेडिकल कलेज , समाज सेवी नरेश नेपाल खुम ब.कुमाल लगायतको सहयोग रहेको छ ।
कार्यक्रममा स्टुडेन्ड क्रियशनका अध्यक्ष डा शाैरभ आचार्य सचिव केशव खनाल लगायत विभिन्न महानुभावकाे उपस्थिति रहेकाे थियाे । अब दर्पुकमा रहेका बाेटे समुदायमा न्यानाे लुगा वितरण गरिने स्टुडेन्ट किरियसनका अध्यक्ष शाैरभ आचार्यले बताउनुभयाे ।
जाडोको समयमा नागरिकहरूलाई केही राहत होस भनी सस्थाले न्यानो मायाको स्वरूप कपडा वितरण गरेको सहभागीले बताए । बिपन्न परिवारका सदस्यहरुले हर्शित हुदै आगामी दिनमा अझै यस्तै सहयोग गर्न आग्रह गरेका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु