मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता सम्पन्न

२०७७, १५ कार्तिक शनिबार ०७:११

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघुतथा साना जलविद्युत आयोजनाहरुलाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन्   कर्णाली प्रदेशको जुम्लाजिल्लाका  सात लघु तथा साना जलविद्युत् आयोजनालाई एकापसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययनगर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी केन्द्रबीच हालै सम्झौता भएको हो

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी ९एनइएइञ्जिनियरिङ्ग कम्पनी लिमिटेड० का तर्फबाट प्रवन्ध निर्देशक तथा प्राधिकरणका उपव्यवस्थापक हितेन्द्रदेव शाक्यले हस्ताक्षरगर्नुभएको ती मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइनलगायत विस्तृत सम्भाव्यता अध्ययन कम्पनीले गर्नेछ सोका लागिआर्थिक सहयोग केन्द्रले व्यहोर्नेछ

परियोजनाअन्तर्गत केन्द्रको अनुदान सहयोगमा सम्पन्न   आयोजना तथा प्राधिकरणको सहयोगमा सम्पन्न एक गरी सातआयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ सदरमुकामस्थित चन्दननाथनगरपालिकामा रहेको २०० किवा क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो तातोपानीगाउँपालिकाको २०० किवा क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकाको १०० किवाको जुवानदीठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किवाको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किवाको लुमलघु जलविद्युत् आयोजना, ५० किवाको डिल्लीचौर लघु जलविद्युत् आयोजना ९९८ किवाको चुकेनी खोला साना जलविद्युत् आयोजनाकेन्द्रको सहयोगमा निर्माण भएको हो मिनीग्रिड आयोजनाको क्षमता १।६२४ मेगावाट 

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन दिगोपनाका लागि आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने बताउनुभयो केन्द्रले पहिलेदेखि नै यस कार्यलाई प्राथमिकतामाराखेको, हालसम्म देशका विभिन्न स्थानमा   लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको २४  लघुजलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि अध्ययन सम्पन्न भएको उहाँले जानकारी दिनुभयो नेपाल सरकारविकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनपुगेपछि बन्द हुने क्रमलाई रोक्न ती आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नाको विकल्प नरहेको उहाँको भनाइ

प्राधिकरणका उपव्यवस्थापक शाक्यले मिनीग्रिड निर्माणले प्राधिकरणको वितरण प्रणालीलाई अझ मजबुत बनाउने बताउँदैयसका लागि नेपाल सरकार विभिन्न विकास साझेदारसँग छलफल भई उपयुक्त आर्थिक स्रोतको व्यवस्था गरी अझ बृहत्रुपमा अघिबढाउनुपर्नेमा जोड दिनुभयो उहाँले लघु तथा साना जलविद्युत्लाई राष्ट्रिय ग्रिड प्रणालीमा जोड्नका लागि आवश्यक गुरुयोजना तयारगर्न केन्द्र, प्राधिकरण कम्पनीबीच त्रिपक्षीय समझदारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो

  हाल देशभर रहेका झण्डै २००० लघु जलविद्युत् आयोजनामध्ये राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भाव्य रहेका कूल आयोजनाकोसंख्या  छिट्टै पहिचान गरिने बताइएको आयोजना जडान गर्दा एकल आयोजनालाई सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, निश्चितक्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाको स्थानीय ग्रिड निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाईअफग्रिडरुपमै सञ्चालन गर्न सकिने जस्ता विभिन्न विकल्पसहित अध्ययन गरिनेछ

Comments

ताजा खबर