पाल्पा , असोज १४ । जिल्लाकाे तिनाउमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् ।

विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खले बस्ने ३० वर्षकी मिना सारु र उनको भाई १४ वर्षको कमल सारु अर्घाली विरामी भएकाे लुम्विनी मेडिकल कलेज प्रभासले जनाएकाे छ । च्याउ खाई बिरामी भई उपचारको लागि मंगलवार साँझ लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा जनाएको छ । उनीहरुलाइ वान्ता र पखाला निरन्तर भईरहेको भएपनि अवस्था मध्यम रहेको अस्पतालले जनाएकाे छ ।अस्पतालले मिना सारुलाइ केही समस्या आएर आइसियुमा राखेर उपचार थालिएकाे अस्पतालका सूचना अधिकारी प्रदिप खनालले बताउनुभयाे । कमला शारू अर्घलीकाे भने स्वास्थ अवस्था सामान्य रहेको बताउनु भयाे ।