काठमाडौँ | प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लवले अन्य तीन दलसंग मिलेर संयुक्त मोर्चा निर्माण गर्नेभएको छ | विप्लवले ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र वैज्ञानिकसमाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको हो |
ओली सरकारको निरंकुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिकपहलकदमीका निम्ति ४ पार्टीको बिचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको मंगलबार चार दलले संयुक्त रुपामा जारीगरेको विज्ञप्ति भनिएको छ |
“दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर संकटलाई फासीवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरुप तथावैदेशिक शक्तिको आड भरोसा र इसारामा केपी सरकारले संसद विघटन गरेको हो |” विज्ञप्तिमा उल्लेख छ |