काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दाविचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् । भक्तपुरमा आयोजित सरकारको कदमको विरोध सभामा सोमबार सभापति देउवाले कांग्रेस न्यायालयलाई मान्ने पार्टी भएकालेअदालतमा विचाराधीन मुद्दामा कुनै पनि पक्षमा नबोल्ने बताएका हुन् । ‘अदालतमा विचाराधीन मुद्दा जो छ त्यसमा हामी केही बोल्ने छैनौं, न यता न उता । अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन,’ देउवाले भने, ‘सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासीगर्न सक्ला तर अन्तिम निकाय भनेको न्यायालय हो । न्यायालयबाट जे निर्णय हुन्छ, त्यो मान्नैपर्छ र मान्दै आएका छौं ।‘
सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सरकारलेसंसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए ।
सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपछि स्वीकार गर्ने सभापति देउवाले बताए । ‘अदालतमाविचाराधीन मुद्दामा हाम्रो पार्टी केही भन्दैन । हामी अदालतको आदेश मान्नेछौं । देशभरीमा ओलीको असंवैधानिक, अप्रजातान्त्रिककदमको विरुद्धमा हामी विरोध प्रदर्शन गर्नेछौं,’ देउवाले थपे, ‘हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस् हामी अदालतको आदेशमान्छौं । अदालतलको स्वविवेकीय अधिकार छ । अदालतको निर्णयसम्म पर्खिन्छौं । अदालतलको निर्णय मान्ने पार्टी हो, त्यसलाईस्वीकार गर्नेछौं ।‘
प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीकाकुनै पनि नेताले भन्न नहुने बताए । त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो । अदालतलाई धम्क्याएर रतर्साएर निर्णय नगराउने उनको भनाइ थियो । उनले पञ्चायतकालमा पनि अदालतबाट न्याय पाइएको स्मरण गर्दै अहिलेको अदालतलेपनि स्वविवेकीय निर्णय लिने विश्वास व्यक्त गरे ।
कोरोना महामारी चलिरहेकाले कम्तिमा ‘दुई गज‘को दुरी राखेर प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई सुझाएका थिए । ‘दुई गजकोदुरी राख्नुहोला । धेरै कुरामा ध्यान दिने हो भने कोभिडबाट बच्न सकिन्छ । अहिलेसम्म भ्यक्सिन आइसकेको छैन । भ्याक्सिन आए पनिनेपाल पुग्न एकवर्ष लाग्न सक्छ । भ्याक्सिन नआउन्जेलसम्म हामीले डिस्टेन्स मेन्टेन गर्नपर्छ । विशेषज्ञका कुरा मान्नुपर्छ,’ उनले भने ।
सरकारको कदम असंवैधानिक भएपनि अहिले कांग्रेस एक्लै विरोध प्रदर्शनमा उत्रिने सभापति देउवाले बताए । उनले त्यसो गर्दा आफ्नोपार्टीको शक्तिको आँकलन हुने बताए । त्यस्तै पार्टीका धारणा स्पष्ट रूपमा जनतासामू राख्न पनि एक्लै प्रदर्शनमा जानुपर्ने देउवाकोभनाइ थियो ।
पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसयता सत्तारुढ दलदुई खेमामा विभाजन भएको छ । प्रधानमन्त्री ओली पक्ष बैशाखमा घोषणा गरिएको मध्यावधी निर्वाचनको पक्षमा लागेको छ भनेपुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष संसद विघटनको विपक्षमा रहेको छ ।
प्रतिपक्षी कांग्रेसले सोमबार सबै निर्वाचन क्षेत्रमा संसद् विघटनको विरोध गर्न कार्यक्रम आयोजना गरिरहेको छ । कांग्रेसभित्र संसद्पुनःस्थापनाको पक्षमा लाग्ने कि निर्वाचनमा जाने भन्नेमा विवाद छ । सभापति शेरबहादुर देउवा पक्ष ओली सरकारले गरेको संसद्विघटनपछि मध्यावधी निर्वाचनमा जानुपर्ने र संसद पुनःस्थापनाको माग अगाडि सार्न नहुने भनिरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष संसद पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने भनिरहेको छ ।हाल संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्नुको कारणसरकारसँग माग गरेको छ । उक्त मुद्दामा पुस २२ गतेदेखि सर्वोच्चमा नियमित सुनुवाइ हुने भएको छ ।