काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको सविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागिराष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फतजनाएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
Comments