तिनाउकाे विभिन्न स्थानमा बाढी पहिराे ।

२०७७, १० आश्विन शनिबार १०:४३

पाल्पा । लगातार ४ दिन सम्मकाे अविरल बर्षाकाे कारण जिल्लाकाे तिनाउ  गाउँपालिका भित्रकाे विभिन्न टाेल बस्तीहरूमा बाढी पहिराेले बाटो अबरुद्ध हुनुकाे साथै घरगाेठमा क्षति पुग्याएकाे छ । हिउदे खाेला,सिसुवा र झुम्सा ,भुतखाेला क्षेत्रमा पहिराे गएको कारणले शनिबार बिहानै देखि साझ सम्म पनि बुटवल तानसेन बाटो खुल्न सकेको छैन ।

दाेभानकाे घाेडेबाँस गाउँमा माथिबाट खसेको पहिराेले टिकाराम खरेल,यज्ञ खरेल र नारायण खरेलकाे घरमा क्षति पुगेको छ ।  भुतखाेला भुजेल बस्तीमा पहिराे जादा भिम बहादुर थापाकाे घर पुरिएको छ । झुम्सा अर्घाछापकाे लिल बहादुर थापाकाे घर तथा च्याउ फर्ममा पहिराेले क्षति पुग्याएकाे छ । हरियाली गाउँकाे बसन्त थापाकाे घर भत्किएको छ ।

दाेभान चाैकी नजिकैकाे अमर प्रधान र राज बहादुर श्रेष्ठ घर तलबाट पहिराले तानेर जाेखिममा परेको छ । मस्यामकाे चित्र रावलकाे उन्नत जातकाे ४ वटा बाख्रा तथा साैचालय पहिराले पुरेकाे छ । पाटनमा २ वटा घर भत्किएको छ । काेलडाडाबाट चरचरे सम्म कृषि सामाग्री ढुवानी गर्ने २ वटा टुइनकाे स्टेशनमा पनि पहिराेले क्षति पुग्याएकाे गाउँपालिका अध्यक्ष अाेम बहादुर घर्ती मगरले बताउनु भयाे । पहिराले क्षतिग्रस्त स्थानहरूमा जनप्रतिनिधिहरूकाे समन्वय र साेहि स्थानका नागरिकहरूकाे सहयाेगमा उद्वारकाे काम भइरहेको अध्यक्ष घर्ती मगरले बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु