माथागढी गाउँपालिकाले टाेलटाेलमा दीर्घराेगी बिरामीहरूकाे लागि नि:शुल्क औषधी वितरण

२०७७, १३ बैशाख शनिबार ०९:१७

सन्तोष गहतराज, १२ बैशाख, पाल्पा
माथागढी गाउँपालिकाले पालिका भित्रका दीर्घराेगीहरूकाे लागि निशुल्क अाैषधी वितरण गर्ने कार्य शुरू गरेकाे छ । गाउँपालिकामा कुल दीर्घ राेगी ५५४ जना रहेकाे तथ्यांक संकलन भएकाे र काेराेना भाइरसको कारण बन्दाबन्दी पछि विरामीहरू अस्पताल सम्म अाउन कठिन भएकाे समयमा गाउँपालिकाले दीर्घ रागी विरामीहरू समस्या मध्येनजर गरी टाेलटाेलमा गएर नि:शुल्क अाैषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । पहिलाे चरणमा माथागढी गाउँपालीका १ चिदीपानीमा अाैषधी वितरण गरेकाे छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको काेविड १९ कारण दीर्घ राेगी विरामीहरूलाई थप जटिल अबस्था सृजना हुन नदिन पहिलो चरणमा वडा न १ चिदीपानी भित्रका दिर्घरोगी बिरामीहरूकाे स्वास्थ बिमा मार्फत वाडमाऔषधी ल्याइ स्वास्थ चौकी मार्फत टोल टोलमा बितरण गरिएको हाे । यस कार्यक्रमबाट चिदिपानी का १०२ जना बिरामी लाभान्वित भएको चिदीपानी स्वास्थ्य चौकी प्रमुख ध्रुर्व बहादुर सुनार जानकारी दिनुभयो । स्वास्थ चौकी प्रमुख सुनारले गाेर्खाली भ्वाईससँगको कुराकानीमा स्वास्थ्य बिमाका बाहेकका अौषधीकाे बिवरण संकलन गरी गाउँपालीका पठाएको र अौषधी प्राप्त भए पछि छिट्टै थप औषधी बितरण गरिने जानकारी दिए । यसरी गाउँपालिकाले टाेलटाेलमा अाई निशुल्क अाैषधी पाउँदा विरामीहरू खुशी भएका छन ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु