स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

२०७७, १० मंसिर बुधबार ०२:५१

वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको ठाकुरराम बहुमुखी  क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्जवडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो

पर्सा। विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएकोअवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षकमञ्जित कुँवरले जानकारी दिनुभयो

उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो पक्राउ परेका शिक्षक सिंहलाई आवश्यकअनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारीभइरहेकोे प्रहरीले जनाएको

Comments

ताजा खबर