वाग्मती। नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत मकवानपुरको निर्वाचन क्षेत्र नं २ मा ६७३ विपन्न परिवारको खरको छानोफेरिने भएको छ । क्षेत्र नं २ अन्तर्गतका हेटौँडा उपमहानगरपालिकाको केही क्षेत्र, थाहा नगरपालिका, मनहरि, राक्सिराङ, इन्द्रसरोवर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ६७३ घरको खरको छानो हटाएर जस्तापाताका छानो लगाइने भएको हो ।
मकवानपुर क्षेत्र नं २ का तर्फबाट प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको सहभागितामा जिल्ला समन्वय समिति मकवानपुरले लाभग्राहीसङ्ख्या निर्धारण गरेको जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७मै कार्यान्वयन हुनुपर्ने कार्यक्रम कोरोना भाइरस महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेकाले यस वर्ष निरन्तरतादिइएको प्रमुख खुलालले बताउनुभयो ।
जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रको वडा नं १, ३, ११ र १९ मा १०० घर, भीमफेदी गाउँपालिकामा ५०, कैलाश गाउँपालिकामा ७५, मकवानपुरगढी गाउँपालिकामा ५०, मनहरि गाउँपालिकामा १००, राक्सीराङ गाउँपालिकामा १७३ घर रइन्द्रसरोवर गाउँपालिकामा २५ घर सुरक्षित नागरिक आवास निर्माणअन्तर्गत छाना परिवर्तनका लागि निर्धारण गरिएको छ । उक्तकार्यक्रमअन्तर्गत पालिकाका अतिविपन्न, गरिब र भूकम्पपछि पुनःनिर्माणको लाभग्राहीको सूचीमा नपरेका परिवारले मात्र यो सुविधाप्राप्त गर्ने छन् ।