चेल्सीले बार्नस्लीलाई ६–० ले पराजित ।

२०७७, ८ आश्विन बिहीबार ०२:१२
फाईल फोटो

शानदार जितसहित चेल्सी लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।

तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले बार्नस्लीलाई ६–० ले पराजित गरेको हो। चेल्सीको जितमा काई हार्भट्जले ह्याट्रिक गरे भने ट्यामी अब्राहम, रस बार्क्ली र ओलिभर जिरउडले एक–एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको फ्र्यांक लाम्पार्डको चेल्सीले दोस्रो हाफमा थप चार गोल गरेको हो। उसका लागि १९ औँ मिनेटमा अब्राहम र २८ औँ मिनेटमा हाभर्ट्जले गोल गरी पहिलो हाफमा २–० को अग्रता दलिाए ।

४९ औँ मिनेटमा बार्क्लीले गोल गरे । ५५ र ६५ औँ मिनेटमा गोल गरी हाभर्ट्जले ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा जिरउडले गोल गरेपछि चेल्सी ६–० ले विजयी भयो । बुधबार राति नै भएको खेलमा आर्सनलसँग २–० ले पराजित भएको लेस्टर सिटी लिगकपको तेस्रो चरणबाटै बाहिरियो ।

अरु खेलमा न्यूक्यासलले मोरक्याम्बेलाई ७–०, एभर्टनले फील्ट्वूडलाई ५–२, स्टोकले गिलिङ्गहमलाई १–० र ब्राइटनले प्रिस्टन, फुलह्यामले शेफिल्ड वेइनस्डे तथा बर्नलीले मिलवाललाई समान २–० ले पराजित गरेको छन् ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु