तिनाउकाे सबै वडामा बाढी पहिराेकाे जाेखिम गाउँपालिकाद्वारा अनुगमन तथा जाेखिमबाट सुरक्षित हुन अावश्यक सामाग्री हस्तान्तरण

२०७७, ९ श्रावण शुक्रबार १७:०६

पाल्पा ,सन्ताेष गहतराज -तिनाउ गाउँपालिकाकाे धेरै जसाे भु भाग कमजाेर जमिन भएको चुरे क्षेत्रमा पर्दछ । त्यसैले बर्षातकाे समयमा जाेखिम पुर्ण रहेकाे छ । अहिले एक हप्ता सम्मकाे झरकाे कारण विभिन्न स्थानमा बाढी,पहिराेले क्षति पुग्याएकाे छ ।
त्यसै गरि तिनाउ गाउँपालिका विभिन्न स्थानमा पनि यस्काे प्रभाव लेखिएको छ । तिनाउकाे वडा न १ कचलमा रानी वगीय झिगामारा कचल माेटरबाटाे र दाेभान कचल माेटरबाटाे पहिराले अबरूद्व भई बन्द भएको छ तर अेाखलढुङ्गा अंकुश धुस्टुङ बतासे माेटर बाटाे शुचारू रहेकाे छ ।


वडा न २ काे दाेभान बजार र घाेडेबास बीचमा पर्ने माेटर बाटाेमा ठुलाे पहिराे झरेकाे छ । पासकुण्डा र बुढासटाक बीचकाे माेटर बाटाे बज्द भएको छ । खुर्साने नीर तलकाे पिध खाेलाले असर पुग्याएकाेले पहिराे गएर बाटाे अबरूद्व छ । खुर्साने र खानी बीचकाे बाटाे अबरूद्व छ । याे बाटाे सञ्चालन गर्न करिब एक हप्ता लाग्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै थानीडाडा मा वीकाे विद्यालय भवन पहिराेकाे कारण धरापमा परेको छ । दाेभान नुवाकोट बेलवास बैकल्पिक मार्ग पहिराले अबरूद्व छ । सुकेतालकाे एक घरमा रूख ढलेर भत्किएको छ ।


वडा न ३ मा पर्ने सिद्वबाबा मन्दिर परिसर पहिराले क्षति ग्रस्त छ । दाेभान चाैकी नजिकै बारम्बार पहिराे खसी रहेकाे छ । पानी मिलबाट श्रीडाडा सम्म अर्घाखाँची सिमेन्ट प्रा लीकाे पहुच मार्गमा ठुलाे पहिराे जाने सम्भावना रहेकाे छ । साथै जमिन भासिएर डाँडा खस्ने सम्भावना भएकोले पानी मिल स्थित ३० घर जाेखिममा परेबाे र पानी परेकाे बेला घर छाडेर अन्यत्र जानू पर्ने अबस्था रहेको स्थानीय बासिन्दाहरूले बताएका छन । झुम्सा चाैकी भन्ज्याङ्ग माेटरबाटाे बैकल्पिक बाटाेकाे रूपमा प्रदेश सरकारबाट सडक खनीएकाे र उक्त कारण चाैकी भन्ज्याङ्ग नजिकैकाे फुलबारी गाउँमा बाढी पहिराे पसेर क्षति पुग्याएकाे छ । तिलाेत्ममा मा वि नजिकै पहिराे जादा सामुदायिक भवन र पाैवा पहिराेले बगाएको छ ।


वडा न ४ सत्यवतीकाे माेटरबाटाे सबैतिरबाट बन्द छ । गीजीनचाैर,नेवाेघाटमा पहिराेकाे गएको तथा केही घरहरू जाेखिममा परेका छन ।
वडा न ५ काे काेलडाँडा,विस्कुनडाँडा मरामकाेटकाे माेटरबाटाे जाेखिममा छ ।
वडा न ६ काे मस्यामकाे चिदिस,बेलडाँडा शिखरडाँडाकाे बाटाे तथा घरहरू जाेखिममा छन । त्यस्तै लक्ष्मी अाधारभुत विद्यालयलाई पहिराेले अबरुद्ध गरेको छ । काेसटाेलकाे २ वटा घरका मानिसहरू विस्थापित भएका छन ।


यसरी पहिराे तथा बाटाेकाे प्रकाेप भए पछि तिनाउ गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्ती मगर, गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ समेतको टाेलीले बाढी र पहिराेले क्षति भएको स्थानकाे अबलोकन गरि तत्काल त्रिपाल वितरण गरेकाे ,विस्थापित परिवारलाई व्यवस्थापन गर्ने तयारी गरेको र वर्षा कम भए पछि पहिराे राेकथामकाे लागि तारजाली वितरण ,पर्खाल निर्माण तथा संरचना मर्मत संभार गर्ने गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्तीले जानकारी दिनुभयो ।

Comments

ताजा खबर