सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्करुपमा भइरहेको बताउनुभएको छ ।
रासससँगको कुराकानीमा उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेकोबताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनीपत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाटशुल्क लिने÷नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णय तत्कालकार्यान्वयनमा नआएको जनाएको छ । “सङ्घीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ”, मन्त्रीसुवेदीले भन्नुभयो, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ ।” प्रदेशको दार्चुला र बाजुराबाहेकसबै जिल्लामा कोरोनाका शङ्कास्पद व्यक्तिको पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।
प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन् । जटिल सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै प्रदेशसरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ । प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने कामभइरहेको छ ।
सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । सङ्क्रमितको सङ्ख्या आठहजार ९७३ पुगेको छ । बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय सङ्क्रमित छन् ।
कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ । चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्नआउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।
–––