काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ११४ सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निष्कर्षनिकालेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले आज (सोमबार) बानेश्वरमा गरेको सांसदहरुको भेलालेसंसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकारगरेको घोषणा गर्दै संसदको नियमित अधिवेश बोलाउन माग गरेको हो । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुउपस्थित थिए ।
भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षरगरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।
केही समयअघि सकिएको यो बैठक लगत्तै बानेश्वरमा हुने भनिएको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरेरनेताहरु प्रमुख प्रतिपक्षी कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सानेपा हिंडेका छन् । कांग्रेस र जसपासहित नेकपाकोदाहाल–नेपाल समूहले संयुक्त विरोध कार्यक्रम गर्ने अनौपचारिक सहमति आइतबारको बैठकमा गरेका थिए ।